हेटौंडा उपमहानगरपालिका वडा नम्बर ४ स्थित हुप्राचौरमा बन्न लागेको रनिङ ट्राय्कको शनिबार नगर प्रमुख हरि बाहदुर महतले सिलन्यास गर्नु भएको छ । हेटौंडा उपमहानगरपालिकाको ४७ लाख रुपैयाँमा लगानिमा बन्न लगेको हो । कार्यक्रममा नगर प्रमुख महतले हुप्राचौरमा दिनहुुँ सयौ मानिसहरु , खेल खेल्न , मनिङ वाल्क गर्न ,बृद्धवृद्धा घुम्न आउने ठाँउ भएकोले ट्राक निर्माण सम्पन पछी यस्ले हुप्राचौरको सुन्दरता बढाउनुको साथै यसलाई ब्यबस्थित गरेर अघि लान सकेको खण्डमा स्थानीय स्तरमा हुने खेलहरुपनि खेल्न सकिने उहाले बताउनु भयो ।

७४० मिटर रनिङ ट्राय्क , सहित हुप्राचौरमा १५ वटा चौतारो र राती हिंडडुल गर्न असहज रहदै आएकोले चारैतर्फ २० वटा बत्ती रखिने हेटौंडा उपमहानगरपालिका वडा नम्बर ४ का अध्यक्ष नबिन सिग्देलले बताउनु भयो । शिलन्यास कार्यक्रममा मकवानपुरका खेलकुद बिकास समितीका अध्यक्ष सानुकुमार लामा , सुनिल लोप्चन , प्रकाश सुवेदी , राजाराम पोख्रेल लगाएतको उपस्तिथि रहेको थियो ।