Onlinepatra.com
Online Patra Media Pvt. Ltd.

मकवानपुरमा जारी निषेधाज्ञा केही खुकुलो गर्दै एक हप्ता थप , दिउँसो पनि यी पसलहरु खुल्ने

Company Register

मकवानपुरमा जारी निषेधाज्ञा केही खुकुलो गर्दै आजबाट एक हप्ता बढाईएको छ । कोरोना संक्रमणको कारण गत बैशाख २१ गतेबाट गरिएको निषेधाज्ञा केही खुकुलो बनाउदै असार १४ सम्म थपिएको हो । कोरोना संक्रमण दर घटदै गएको सन्दर्भमा निषेधज्ञालाई खुकुलो बनाएर निषेधज्ञा थप भएको हो । जिल्ला कोभिड संकट ब्यवस्थापन समितिको बैठकले प्रमुख जिल्ला अधिकारीलाई निषेधज्ञा खुकुलो बनाउने मोडेल पेश गरेको थियो । जिल्ला कोभिड ब्यवस्थापन समितिको सिफारिसमा मकवानपुरका प्रमुख जिल्ला अधिकारी भरतमणी पाण्डेले असार १४ सम्म लागु हुने गरि निषेधज्ञाको आदेश जारी गरेका हुन् ।

Advertisement

जारी निषेधाज्ञालाई खुकुलो बनाउदै खाद्यन्न, फलफुल, माछामासु, अण्डा तथा तरकारी पसल बिहान ४ बजेबाट १० बजेसम्म ९तर खोपेगल्लीको सम्पूर्ण पसल तथा बसपार्कको माछामासु र तरकारी पसल भने बन्द भएको छ । पुस्तक तथा इस्टेस्नरी इलेक्ट्रोनिक, इलेक्ट्रीक,हाडैवेयर, भाँडा, कपडा,टेलर, जुत्तापसल, सबारीसाधन वर्कसप, मोटर पार्टस दिउँस १२ बजेबाट ४ बजेसम्म खुल्ने भएको छ । यस्तै रेष्टुरेन्ट तथा मिठाई खाजाघरबाट टेक वे, होम डेलिभरी दिउँसो १२ बजेबाट ४ बजेसम्म गर्न भएका छन् । बैंक तथा वित्तिय संस्था दैनिक बिहान १० देखि २ बजेसम्म खुल्ने र पैसा उठाउन नपाईने भएको हो । त्यस्तै अन्य सेवाहरु समपूर्ण प्रकारका शैक्षिक सस्था ९स्कुल, टिउसन इन्सिच्युट, मन्टेस्वरी० सबै बन्द रहने र सपिङ मल, फिल्म हल, फुटसल, जिमहाउस, समुहमा खेलिने खेलकुद, स्ट्रिड फुड हाउस,चिडियाखाना, शैलुन, स्पा, ब्युटि पार्लर, पार्टी प्यालेस, फिल्म हल, डानस बार, सबै प्रकारका सभा गोष्टि बन्द रहने भएको छ ।

अनलाइनपत्रको अंग्रेजी, संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
Website Designe 1024×117
Loading...