मकवानपुर प्रहरीले क्षमता भन्दा बढी ‘ओभरलोड’ बोक्ने ४७ टिपरलाई कारबाही गरेको छ । सरकारले तोकेको मापदण्ड भन्दा धेरै ढुवानी गरेको भन्दै मकवानपुरको विभिन्न ठाउँबाट ४७ वटा टिपरलाई कारबाही गरिएको जनाएको छ । जिल्ला प्रहरी कार्यलय मकवानपुर, ट्राफिक प्रहरी कार्यालय मकवानपुर र मातहत कार्यालय समेतबाट खटिएको प्रहरी चेकिङ्ग टोलीले हेटौंडा,मनहरी,भीमफेदी र मकवानपुरगढी लगायतमा गरेको प्रहरी चेकजाँचमा ओभरलोड बोक्ने ४७ वटा टिपरलाई कारबाही गरिएको जिल्ला प्रहरी कार्यलय मकवानपुरले जनाएको छ ।