यो वेवसाइट अनलाइन पत्र डट कम् को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषा र अँग्रेजी भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।

पोखरामा प्याराग्लाइडिङ दुर्घटना हुँदा पाइलटको मृत्यु


पोखरा – पोखरामा प्याराग्लाइडिङ दुर्घटना हुँदा पाइलटको मृत्यु भएको छ। यात्रु गम्भीर घाइते भएका छन् ।

Advertisement
दुर्घटनामा पोखराको लेकसाइड बस्दै आएका फिस्टेल प्याराग्लाइडिङका ३८ वर्षीय राजु गैरे नेपालीको मृत्यु भएको जिल्लाका प्रहरी प्रवक्ता डीएसपी सुवास हमालले जानकारी दिनुभयो ।
दुर्घटनामा गम्भीर घाइते भएका नेपालीलाई उपचारको लागि मेट्रो सिटी अस्पताल पुर्याइएकोमा त्यही नै मृत्यु भएको थियो ।
प्याराग्लाइडिङकी यात्रु काठमाडौं बुढानिलकण्ठ नगरपालिका वडा नम्वर २ की २८ वर्षीया शीला श्रेष्ठ गम्भीर घाइते भएको प्रहरीले जनाएको छ । प्याराग्लाइडिङ ल्यान्ड हुनुपर्ने स्थानभन्दा डेढदुई किलोमिटर टाढा पुगेर दुर्घटना भएको थियो ।
Image Source : Sajhapost