हेटौंडामा शनिबार शिवाकोटी दम्पतीद्वारा लिखित गजल सङ्ग्रह गोधुलि चिन्तन विमोचन भएको छ । हेटौंडाका शिवाकोटी दम्पतीद्धारा लिखित सङ्ग्रह झरना साहित्यिक परिवारले एक कार्यक्रमको आयोजना गर्दै विमोचन गरिएको हो । हेटौंडामा स्रष्टा भोलाप्रसाद शिवाकोटी र एस.आर मञ्जरी ओली शिवाकोटीद्धारा संयुक्त लेखनमा तयार पारिएको कृति गोधुलि चिन्तन मकवानपुरका वरिष्ठ साहित्यकार तुल्सी थापा र कृति लेखकका ९७ वर्षका बुबा कृष्णप्रसाद शिवाकोटीले संयुक्त रुपमा विमोचन गरेका छन ।

विमोचन कार्यक्रममा साहित्य सङ्गम मकवानपुरका अध्यक्ष निमेष निखिल, साहित्यकार आर.सि रिजाल, रमेश मोहन अधिकारी, सुवास खनाल लगायत मकवानपुरका साहित्यक्षेत्रका स्रष्टाहरुको उपस्थिती रहेको थियो ।कार्यक्रममा झरना साहित्यिक परिवारका सदस्य शुभलक्ष्मी प्रभाले स्वागत भनाइ राखेकी थिइन् भने परिवाका अध्यक्ष दीपक गौतमको अध्यक्षतामा कार्यक्रम भएको थियो । विमोचन पश्चात कृतिमाथि विमर्श गजलकार देवराज तिवारी र विश्वनाथ संजेलले आफ्ना भनाइ राखेका थिए । कृतिको मुल्य १५० रुपैँया रहेको छ।