काठमाडौं – गायिका मैया खड्का र गायक तिलक बस्नेतको आवाजमा ‘गर्छु नमस्कार’ बोलको गीतको भिडियो सार्वजनिक भएको छ। भिडियोलाई बले इन्टरटेन्मेन्टबाट सार्वजानिक गरिएको हो।

गीतमा गायक बस्नेतकै संगीतकार रहेको छ। सुदिप सागरले संगीत संयोजन गरेको उक्त गीतलाई एचबिएन किस्मतले मिक्सिङ गरेका हुन्।

म्युजिक भिडियोको छायाकन उत्सव दाहालले गरेका छन्। नवीन निरौलाले सम्पादन र कलर गरेको भिडियोलाई सुरेन्द्र बसेलले निर्देशन र कोरियोग्राफ गरेका हुन्। म्युजिक भिडियोमा हरिश निरौला ‘साङ्लो बोरो’, उशा उप्रेती, कमलमनि नेपाल, युग ज्योति कृयाशील, बिना राउत, प्रकाश बस्नेतलगायत कलाकारहरुको अभिनय रहेको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो?

तपाईको प्रतिक्रिया दिनुहोस्

लेखकको बारेमा

लेखक

अनलाइनपत्र संवाददाता

वरिष्ठ समाचार लेखक

4173 लेखहरू
5 years पहिले सदस्य
0 कमेन्टहरू