नेपाल राष्ट्रिय शिक्षक संगठन मकवानपुरले लकडाउनलाइ सदुपयोग गर्दै शुरु गरेको शिक्षक प्रशिक्षणको ४५ औं सत्र तथा शिक्षक हीत बचत तथा ऋण सहकारी संस्था लिमिटेडको ५ दिने प्रशिक्षणात्मक भेलाको दोस्रो दिनको कार्यक्रम आज सम्पन्न भएको छ । नेपाल शिक्षक संगठन राष्ट्रिय समिति महासचिव हंस साहीको प्रमूख आतिथ्यतामा सहकारी अध्यक्ष सिताराम दाहालको अध्यक्षतामा सम्पन्न भएको हो । देशका बिभिन्न जिल्ला तथा मकवानपुरबाट सहभागी रहेका शिक्षकबीच सम्पन्न प्रशिक्षणात्मक भेलालाइ सामुदायीक साकोस पनौती काभ्रेका कार्यकारी प्रमुख मदन बस्नेतले प्रशिक्षण दिनुभएको संगठन जिल्ला प्रचार विभाग प्रमूख सुनिल गौतमले बताउनुभयो ।

कार्यक्रमलाइ संवोधन गर्दै प्रशिक्षक बस्नेतले बर्तमान अवस्थामा सहकारीलाइ अर्थतन्त्रको तेस्रो खम्बा भनिएपनि नीति र कार्यगत शैलीबीच रहेको भिन्नतालाइ प्रष्ट्याउनुभयो । कार्यक्रममा प्रशिक्षकले सहभागीहरुबाट उठेका सवालहरुबारे पनि संक्षिप्त जवाफ दिनुभएको थियो । सहकारी सह सचिव कृष्ण प्रसाद पोखरेलले सञ्चालन गर्नुभएको कार्यक्रमलाइ सचिव अर्जुनप्रसाद पोखरेलले स्वागत गर्नुभएको हो । कार्यक्रममा संगठन राष्ट्रीय समिति कोषाध्यक्ष बिष्णु भण्डारी, राष्ट्रिय परिषद सदस्य सुन्दरी घिमिरे, पूर्व राष्ट्रिय समिति सदस्य यदु सुवाल बागमती प्रदेश सचिवालय सदस्य मोहन शर्मा सदस्य सीतादेवी खनाल पार्वती खनाल नेपाल राष्ट्रिय शिक्षक संगठन मकवानपुर अध्यक्ष श्रीराम दाहाल उपाध्यक्ष लक्ष्मी गजुरेल,सहसचिव प्रतिमा गौतम, लगायतको उपस्थिती रहेको थियो ।

त्यसैगरी कार्यक्रममा नेपाल राष्ट्रिय शिक्षक संगठन रसुवा अध्यक्ष मोचनाथ न्यौपाने उपाध्यक्ष आङ्ग माँयाँ शेर्पा मकवानपुर जिल्ला समिति सल्लाहकार लक्ष्मी चौलागाइ,पिताम्बर वास्तोला,अकुरप्रसाद गौतम, कोषाध्यक्ष जयप्रसाद पोखरेल, सह कोषाध्यक्ष चन्द्रादेबी लामा बल,सचिवालय सदस्य कृष्ण पौडेल जिल्ला प्रचार विभाग प्रमूख सुनिल गौतम, सचिवालय सदस्य कृष्ण पौडेल, सदस्य सविता लामिछाने, हेटौंडा नगर अध्यक्ष मुकुन्द न्यौपाने, शिक्षक महासंघ हेटौंडा नगर अध्यक्ष दिपक अधिकारी संगठन नगर सचिव गोपिरमण प्याकुरेल, थाहानगर अध्यक्ष रमेशमान डङ्गोल धादिङ सदस्य सरस्वती पाण्डे, लगायतकाको उपस्थिती रहेको थियो ।

संगठनको नियमित कार्यक्रम बैशाख ६ गतेदेखि निरन्तर सञ्चालन हुँदै आएकोमा ४६ औं सत्र अन्तर्गत शिक्षक सहकारीले भोलि जेष्ठ २० गते जिल्ला बचत तथा ऋण सहकारी स‌घ मकवानपुर अध्यक्ष कल्पना श्रेष्ठले सहाकारीमा सञ्चालक समिति तथा शेयर सदस्यको भूमिका विषयमा प्रशिक्षण दिने जिल्ला प्रचार विभाग प्रमूख सुनिल गौतमले बताउनुभयो । ।