Comments Add Comment

थपिए २२६ जना कोरोनाका नयाँ संक्रमित, कूल संख्या १७९८ पुग्यो

काठमाडौं – पछिल्लो २४ घण्टामा २२६ जनामा कोरोना भाइरसका नयाँ संक्रमित भेटिएका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सोमबार आयोजना गरेको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले थप २२६ जनामा संक्रमण पुष्टि भएको जानकारी दिनुभएको हो।

जसमा २ सय १३ जना पुरुष र १३ जना महिला रहेका छन् । यससँगै नेपालमा कोरोना संक्रमितको कूल संख्या १ हजार ७९८ पुगेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर