Onlinepatra.com
Online Patra Media Pvt. Ltd.

त्रिविका सबै तहका परिक्षा स्थगित

Company Register

त्रिभुवन विश्वविद्यालयका सम्‍पूर्ण परीक्षाहरु पनि स्थगित भएका छन् । नेकपा सचिवालय बैठकले सम्पूर्ण परीक्षा स्थगित गर्न सरकारलाई सुझाव दिए पश्‍चात त्रिविको परीक्षा पनि स्थगित गरिएको हो । त्रिभुवन विश्वविद्यालयका उपकुलपति धर्मकान्त बाँस्कोटाले बुधबार डिनहरूसँग भएको छलफलमा परीक्षाका विषयमा छलफल भए पनि आधिकारिक निर्णय आज हुने बताएका थिए ।

Advertisement

उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल संयोजक रहेको कोरोनाभाइरस रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समितिले बुधबार विद्यालय र क्याम्पसमा पढाइ भने रोक्ने निर्णय गरेको थियो । बुधबार कोभिड–१९ संक्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिले विश्‍वविद्यालयसहित बाल विकास केन्द्र,आधारभूत तथा माध्यमिक विद्यालयहरु र ११ वटै विश्‍वविद्यालयहरुको पठनपाठन चैत मसान्तसम्म बन्द गर्ने निर्णय गरेको थियो ।

अनलाइनपत्रको अंग्रेजी, संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
Website Designe 1024×117
Loading...