काठमाडाै‌–आज देशभर मौसम सामान्यतया सफा रहनेछ। जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले नेपालमा उल्लेखनीय मौसमी प्रणाली छैन।

आज दिउँसो देशको पहाडी भू–भागमा आंशिक बदली रहनेछ भने बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने विभागको भनाइ छ।

त्यसैगरी आज राति  पनि देशको पहाडी भू–भागमा आंशिक बदली र बाँकी भू–भागमा मौसम सफा रहनेछ। बिहीबार भने पहाडी भू–भागको एक÷दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको विभागले जनाएको छ।