Onlinepatra.com
Online Patra Media Pvt. Ltd.

आजको मौसम कस्तो?

Company Register

काठमाडौं – हाल नेपालमा पश्चिमी वायुको प्रभाव रहेको देखिन्छ । हाल प्रदेश १ को पहाडी भूभागमा आंशिक बदली रहेको छ भने सुदुरपश्चिम, कर्णाली र गण्डकी प्रदेशको पहाडी तथा हिमाली भूभागमा आंशिकदेखि सामान्य बदली रहेको छ र बाँकी भूभागमा मौसम सामान्यतया सफा रहेको छ ।

Advertisement

बुधबार दिउँसो देशको पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही अन्य भूभागमा मौसम सामान्यतया सफा रहने देखिन्छ । साथै पहाडी भूभागका एक वा दुई स्थानहरुमा हल्का वर्षाको सम्भावना पनि रहेको देखिन्छ ।

राती देशको पहाडी भूभागहरुमा आंशिक बदली रही अन्य भूभागमा मौसम सामान्यतया सफा रहनेछ । कर्णाली प्रदेश, गण्डकी प्रदेश तथा प्रदेश १ को पहाडी भूभागका एक वा दुई स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको देखिन्छ ।

अनलाइनपत्रको अंग्रेजी, संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
Website Designe 1024×117
Loading...