मुख्यमन्त्रीका प्रेस संयोजक दाहाललाई कोरोना पुष्टि

अनलाइन पत्र संवाददाता२०७७-०७-१९ No Comments

बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलका प्रेस संयोजक प्रकाश दाहाललाई कोरोना पोजेटिभ देखिएको छ । बुधबार बिहान आएको रिपोर्टमा कोरोना पोजेटिभ भएको उनले बताए । सामान्य रुघा, खोकी, ज्वरो आएपछी हेटौंडाको प्रयोगशालामा कोरोना परिक्षण गरिएको थियो । प्रेस संगठन मकवानपुरका संयोजक समेत रहनु भएका दाहाल अहिले होम आइसोलेसनमा सुरक्षित बस्नु भएको छ । मुख्यमन्त्री पौडेल, उहाँकी धर्मपत्नी, चालक, कार्यालय सहयोगी, सुरक्षाकर्मीमा यसअघिनै कोरोना पुष्टि भएको थियो ।

Ad
Ad