यो वेवसाइट अनलाइन पत्र डट कम् को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषा र अँग्रेजी भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।

हेर्नुहोस् यस्तो छ आजको सुनचाँदीको मूल्य


काठमाडौं – बुधबार पनि नेपाली बजारमा सुनको मुल्य बढेको छ । मंगलबार तोलामा ४ सय रुपैयाँले बढेको सुनको मुल्य आज पनि तोलामा ९ सय रुपैयाले बढेको हो ।

Advertisement
मंगलबार प्रतितोला ९५ हजार ४ सय रुपैयामा कारोबार भइरहेको छापावाल सुनको मूल्य आज पनि बढेर प्रतितोला ९६ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
त्यस्तै आज तेजावी सुनको मूल्य प्रतितोला ९५ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको जनाइएको छ ।
त्यसैगरी आज चाँदीको मूल्य तोलामा ५ रुपैयाँले घटेको छ । आज चाँदीको मूल्य १ हजार २ सय ५ रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।