काठमाडौं – खल्ती डिजिटल वालेट प्रयोग गर्ने ग्राहकले खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडबाट खरिद गरेको खाद्यान्न लगायतका सामाग्रीको भुक्तानी मोबाइल वालेटबाटै गर्नसक्ने भएका छन् ।
ग्राहकले कम्पनीको nepalfood.gov.np वेवसाइटमा गएर आफूलाई आवश्यक पर्ने सामग्री किनमेल गरिसकेपछि भुक्तानी गर्ने बेला खल्ती विकल्प छनौट गर्नुपर्ने छ । त्यसपछि मोबाइल वालेटबाटै भुक्तानी गर्न सकिने छ ।
खाद्य व्यवस्था तथा व्यापार कम्पनीले चामल, दाल, कर्णाली को सिमी, गेडागुडी, दूग्ध विकास संस्थानको घ्यु, स्यानिटाइजर, इन्डक्सन चुलोलगायतका सामग्रि विक्री गर्दै आएको छ । कम्पनीले अनलाइनमा अर्डर लिएर काठमाडौं उपत्यकामा चक्रपथभित्र होम डेलिभरी समेत दिँदै आएको जनाएको छ ।