यो वेवसाइट अनलाइन पत्र डट कम् को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषा र अँग्रेजी भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।

३३ सय ९ जनामा कोरोना पुष्टि, ३८ सय ४४ संक्रमणमुक्त

काठमाडौं – नेपालमा पछिल्लो २४ घण्टामा थप ३३ सय ९ जना कोरोना भाइरसका संक्रमित थपिएका छन् । यससँगै नेपालमा कोरोना संक्रमित संख्या कुल १ लाख ८२ हजार ९२३ जना पुगेको छ । बुधबार स्वास्थ्य मन्त्रालयले उपलब्ध गराएको तथ्यांकमा सो जानकारी गराइएको हो ।
यता, पछिल्लो २४ घण्टामा ३८ सय ४४ जना कोरोना संक्रमित निको भएका छन् । योसँगै, हालसम्म संक्रमणबाट निको हुनेको संख्या १ लाख ४४ हजार ९७८ जना पुगेको छ । पछिल्लो २४ घण्टामा ३० जनाको ज्यान गएको छ । नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या अहिलेसम्म १ हजार ३४ जना पुगेको छ ।