दुधको मुल्य प्रतिलिटर १० रुपैँया बढाउने तयारी

अनलाइन पत्र संवाददाता२०७६-०४-१२ No Comments
milkको लागि तस्बिर परिणाम

चितवनका दूग्ध किसानले मूल्य बढाउने तयारी गरेका छन्। किसानले दूधको मूल्य बढाउन दबाब दिएपछि दूग्ध उत्पादक सहकारी संघ लिमिटेडले मूल्य बढाउने तयारी गरेको हो। गत हप्ता शुक्रबार बसेको स‌घको बैठकले प्रतिलिटर दूधमा १० रुपैयाँ बढाउने निर्णय गरेको अध्यक्ष रत्नमणि न्यौपानेले बताए भन्ने खबर कारोबार दैनिकमा छ। ‘एकदुई दिनमै घोषणा गर्दैछौँ,’ उनले भने, ‘लागत बढेको छ, किसानले मूल्य नपाएपछि बढाउन बाध्य भएका हौँ।’ उनले मापदण्ड गुणस्तरविनै भारतबाट कच्चा दूध आयात गर्ने काम तत्काल रोकिनुपर्ने बताए। ‘भारतबाट ६५ रुपैयाँसम्म दूध उठाउने, तर यहाँ डिडिसीले ४५ रुपैयाँमा पनि उठाउन नमान्ने गरेको छ,’ उनले भने, ‘स्वदेशी किसानलाई प्रोत्साहन गर्नुपर्छ, यहीको उत्पादनलाई मूल्य दिनुपर्छ।’

Ad
Ad