
सिङ्गपुरमा जारी आइसीसी टी २० विश्वकपको एशिया छनोटको फाइनलमा अहिले नेपाल र सिंगापुर विच प्रतिस्पर्धा हुँदैछ । जसमा सिंगापुरले टस जितेर ब्याटिङ गर्ने निर्णय गरेको छ ।
पहिलो खेलमा कतारसँग पराजित भएपनि नेपाली टिमल त्यसपछि मलेसिया र कुवेतलाई हराउँदै अन्तिम खेलमा सिंगापुरको सामना गर्न लागेको हो । यता अंक तालिकाको शिर्ष स्थानमा रहेको सिंगापुर पनि घरेलु मैदानमा जित निकालेर ग्लोबल क्वालिफायर्समा स्थान बनाउन चाहन्छ ।
नेपाल र सिंगापुर विचको फाइनल खेल सेन्टर विकेटमा खेलाइदैछ । यो पिचमा नेपाल र सिंगापुरले पहिलो पटक खेल्न लागेका हुन । यसअघि यो पिचमा एक खेल मात्र भएको थियो । जसमा कुवेतले पहिले ब्याटिङ गर्दै एक सय ९० रन भन्दा माथि स्कोर गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
00000
प्रतिक्रिया
तपाईको विचार हामीलाई सुनाउनुहोस्
तपाईको प्रतिक्रिया सार्वजनिक गरिनेछ




