Comments Add Comment

मकवानपुरमा क्षयरोगी बढ्दै, एकै वर्षमा ६४५ फेला

हेटौडा — घरमा रहेका तीनै जना औषधी सेवन गरिरहेका छन । त्यो पनि एउटै रोगको । मकवानपुरका मनहरी गाउँपालिका–१ घैयाडाँडाका शुक्रवहादुर चेपाङसहित परिवारका तीन जना क्षयरोगको औषधी सेवन गरिरहेका छन् ।

तीन महिनायता उनीहरूले औषधी सेवनगरिहेको स्वयमसेविका सोमलक्ष्मी चेपाङले वताईन । यो परिवार विगतमा काठमाडौका विभिन्न भागमा ढुंगा गिटी कुटने कार्य गर्दै आएका थिए । ६ महिना अघिमात्र उनीहरू गाउँ फर्केका हुन । गत जेठमा वडा कार्यालयको सक्रियतामा क्षयरोगसम्वन्धी निशुल्क शिविर संचालन गरेको थियो ।

शिविरमा परीक्षण गराउन आएकाहरूको खकार संकलन गरिएको थियो । संकलित खकार हेटौडा अस्पतालको ल्यावमा परीक्षण गर्दा शुक्रको पत्नि र छोरीमा क्षयरोगको जीवाणु फेला परेको सिविरमा सहयोग गर्ने संस्था हुडका संयोजक विष्णु भण्डारीले बताए । उक्त शिविरमा २२ जनाको खकार संकलन गरिएको थियो । २ बलिकसहित ११ जना क्षयरोगी फेला परको उनले जनाए । सवै घैयाडाँडाका चेपाङ समुदायका हुन ।

घैयाडाँडामामात्र होईन मकवानपुरमा क्षयरोगीको संख्या वर्षेनी बढदो छ । धुलो, धुवा, चुरोट, सुर्ति र मादक पदार्थ सेवनका कारणले क्षयरोगीको संख्या वर्षेनी वढदै गइरहेको स्वास्थ्यकर्मीहरू बताउाछन् । क्षयरोगीको संख्या जुन अनुपातमा वृद्धि भएपनि डट्स प्रोग्रामका कारणले रोगीहरूको मृत्यु हुन भने पाएको छैन ।

०७५र७६ मा मकवानपुरमा ६४५ जना क्षयरोगी फेला परेका छन । गत आवमा १०५ जना नयाँ क्षयरोगी फेला परेका थिए । चुरे क्षेत्रमा बस्ने अधिकांश वासिन्दा वालुवा चाल्ने र गिट्टी कुटने क्रममा उड्ने धुलोको कारण क्षयरोगी बनेको दाबी स्वास्थ्यकर्मीको छ । क्रसर उद्योगको धुलोको कारणले पनि नजिकै रहेको वस्तीका स्थानीयलाई यो रोग लाग्ने गरेको हो ।

मकवानपुरको साविकको मनहरी, हाडीखोला, बसामाडी, पदमपोखरी, चुरियामाई, हर्नामाडी, छतिवन, फापरवारी राईगाउ गाविस र हेटौडा उपमहानगरपालिको केही क्षेत्र क्षयरोगबाट बढी प्रभावित छ । यी क्षेत्र चुरे अन्तर्गत पर्दछ भने फापरवारी, हर्नामाडी र छतिवनवाहेक साविकका गाविस र नगरपालिकामा क्रसर उद्योगहरू बढी छन ।

‘धुलो र धुवाका कारण क्षयरोगीको संख्या वढने गर्छ’ स्वास्थ्य कार्यालय हेटौडाका क्षय रोग कार्यक्रमका संयोजक भुपनारायण यादव भने,‘वालुवा चाल्ने, गिट्टी कुट्ने र क्रसर उद्योगमा काम गर्नेहरू उच्च जोखिममा छन् ।’

मकवानपुरमा एक दर्जनभन्दा बढीवहुऔषधी प्रतिरोधी क्षयरोग९एमडिआर० का रोगीहरू पनि छन । उनीहरूले स्वास्थ्य संस्थाबाट सेवा लिइरहेका छन । मकवानपुरका सवै स्वास्थ्य संस्थाबाट डट्स कार्यक्रम संचालनमाभइरहेको छ । एमडिआरका रोगीहरूले हेटौडा, मनहरी र वकैया गापा छतिवन स्वास्थ संस्थाबाट सेवा लिइरहेका छन् । 

इकान्तिपुरबाट साभार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर