प्रतिनिधिसभा विघटनविरुद्ध परेको रिटमाथि सर्वोच्चले फैसला सुनाउँदै पुन–स्थापना गरेको खुशीयालीमा वागमती प्रदेशको राजधानी हेटौंडाको बुद्धचोकमा दिप प्रज्वलन गरिएको छ । नेकपा प्रचण्ड– माधव समुह मकवानपुरका अध्यक्ष मुनु सिग्देल र सचिव प्रेम बहादुर पुलामीको नेतृत्वमा बुद्धचोकमा दिप प्रज्वलन गरिएको हो । प्रतिनिधिसभा पुनःस्थापित भएको खुशीयालीमा दिप प्रज्वलन गरिएको हो। दिप प्रज्वलनमा नेकपा प्रचण्ड–माधव समुहका कार्यकर्ताहरुको बाग्लो सहभागिता रहेको थियो ।