सर्वोच्च अदालतले प्रनिनिधिसभा विघटनको फैसला गर्दै १३ दिनभित्र प्रतिनिधिसभा बैठक बोलाउन आदेश दिएको छ । मंगलबार अदालतले फैसला सुनाउँदै प्रधानमन्त्री केपी शर्मा ओलीले पुस ५ गते गर्नुभएको प्रतिनिधिसभा विघटनलाई सर्वोच्च अदालतले उल्ट्याइदिएको हो । संवैधानिक इजलासमा प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा, न्यायाधीशहरु विश्वम्भरप्रसाद श्रेष्ठ, सपना प्रधान मल्ल, अनिलकुमार सिन्हा र तेजबहादुर केसी छन् । इजलासको फैसलासँगै निर्णयसँगै प्रधानमन्त्री प्रतिनिधिसभाले पुनर्स्थापना भएको छ ।