यो वेवसाइट अनलाइन पत्र डट कम् को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषा र अँग्रेजी भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।

भारतीय सेनाप्रमुख आज नेपाल आउँदै


भारतीय सेना प्रमुख मनोज मुकुन्द नरवणे आज नेपाल आइपुग्ने भएका छन्। भारतीय सेनाको विशेष विमान मार्फत चार सदस्यीय टोलीको नेतृत्व गर्दै नरवणे नेपाल भ्रमणमा आउन लागेका हुन्। उनलाई होटल सोल्टीमा बसोबासको प्रबन्ध मिलाइएको सैन्य स्रोतको जानकारी दिएको छ । भारतीय सेना प्रमुख नेपाल आउने भएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल लगायत उपत्यकाको सुरक्षा व्यवस्था कडा बनाइएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलदेखि नरवाणे आवतजावत गर्ने सडकमा समेत सुरक्षा सर्तकता बढाइएको छ ।

Advertisement
नरवाणेको भ्रमणको बेला हुनसक्ने सुरक्षा चुनौतीलाई ध्यानमा राखेर सुरक्षा व्यवस्था मिलाइएको महानगरीय प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक ९डीआईजी० विश्वराज पोखरेलले बताए । उनको सुरक्षा सेनाले गरेपनि बाह्य घेराको सुरक्षा प्रबन्ध तथा सडक सुरक्षामा नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धानका कर्मचारी तैनाथ गरिने छ । नेपाल प्रहरी र नेपाली सेनाको संयुक्त टोलीले सुरक्षा व्यवस्था मिलाएको सेनाका प्रवक्ता सहायक रथी सन्तोषबल्लभ पौडेलले बताए ।