Onlinepatra.com
Online Patra Media Pvt. Ltd.
Coronavirus COVID-19

सुनको भाउ तोलामा ८ सय रुपैयाँ घट्यो

Company Register

काठमाडौं – सुनको भाउ बुधबार प्रतितोला ८ सय रुपैयाँले घटेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुनको भाउ तोलाको ९४ हजार १ सय रुपैयाँमा कारोबार भएको छ । यसैगरी, तेजावी सुनको मूल्य तोलाको ९३ हजार ६ सय रुपैयाँ निर्धारण भएको छ । चाँदीको भाउ भने स्थिर अर्थात् प्रतितोला ११ सय ७५ रुपैयाँ कायम भएको छ । पछिल्ला केही दिनयता सुनको भाउमा निकै उचारचढाव हुँदै आएको छ ।

यसअघि, मंगलबार छापावाल सुनको भाउ तोलाको ९४ हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो । यसैगरी, तेजावी सुनको मूल्य तोलाको ९४ हजार ४ सय रुपैयाँ निर्धारण भएको थियो । चाँदीको भाउ प्रतितोला १२ सय रुपैयाँ कायम भएको थियो ।

अनलाइनपत्रको अंग्रेजी, संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
Loading...