यस्तो छ आजको मौसम

अनलाइन पत्र संवाददाता२०७७-०६-२१ No Comments

काठमाडौं – बंगालको खाडीको उत्तर पश्चिम भागमा रहेको न्युन चापीय क्षेत्रको प्रभाव पूर्वी नेपालमा रहेकोले हाल देशभर आंशिक बदली देखि मौसम सामान्यतया सफा रहेको छ ।

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार आज र भोली बिहिबार सामान्यतया मुलुकको मौसम सफा रहनेछ ।

आज राती प्रदेश १, प्रदेश २, बागमती प्रदेश र गण्डकी प्रदेशमा आंशिक देखि सामान्य बदली हुने संभावना छ । बाँकी प्रदेशहरुमा आंशिक बदली रही प्रदेश १ र प्रदेश २ का एक दुइ स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

आज दिउँसो पनि प्रदेश १, प्रदेश २, बागमती प्रदेश र गण्डकी प्रदेशमा आंशिक देखि सामान्य बदली र बाँकी प्रदेशहरुमा आंशिक बदली रहनेछ । प्रदेश १, प्रदेश २, बागमती प्रदेश र गण्डकी प्रदेशका एक दुइ स्थानहरुमा हल्का देखि मध्यम वर्षा हुने अनुमान छ । राती प्रदेश १, प्रदेश २ र बागमती प्रदेशमा आंशिक देखि सामान्य बदली र बाँकी प्रदेशहरुमा आंशिक बदली रहनेछ ।

Ad
Ad