थपिए ३४ सय ३९ जना नयाँ कोरोना संक्रमित, ११ सय २६ जना डिस्चार्ज

अनलाइन पत्र संवाददाता२०७७-०६-२१ No Comments

काठमाडौं  – नेपालमा पछिल्लो २४ घण्टामा ३४ सय ३९ जना नयाँ संक्रमित थप भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यसले संक्रमणको दर उच्च गतिमा बढेको देखाउछ । योसँगै संक्रमितको संख्या ९४ हजार २५३ पुगेको छ । यस्तै, सक्रिय संक्रमितको कुल संख्या २५ हजार ७ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

यस्तै, पछिल्लो २४ घण्टामा ११ सय २६ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन् । योसँगै हालसम्म डिस्चार्ज हुनेको संख्या ६८ हजार ६६८ पुगेको छ । यता, पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण थप १५ जनाको निधन भएको छ । योसँगै नेपालमा कुल ५७८ जना कोरोना संक्रमितको मृत्यु भइसकेको छ । 

Ad
Ad