यो वेवसाइट अनलाइन पत्र डट कम् को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषा र अँग्रेजी भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।

अक्टुबर ३० मा बिहे गर्दै काजल


साउथ चलचित्रकी सफल तथा चर्चित नायिका काजलले बिहे गर्ने तयारी गरेकी छिन् । कोरोना कहर चलिरहेको समयमा काजलले बिहे गर्न लागेको जानकारी सामाजिक संजाल मार्फत दिएकी छिन् ।

Advertisement
कजलले अक्टुबर ३० मा बिहे गर्न लागेकी हुन् । उनले, व्यापारी गौतम किचलुसँग बिहे गर्न लागेको जानकारी दिएकी छिन् ।
काजलले सामाजिक संजालमा उल्लेख गरे अनुसार, बिहे समारोहमा थोरै मात्र पाहुनाको उपस्थिती हुनेछ । दुई परिवारका सदस्य मात्र उपस्थित हुने बिहे समारोहलाई सामान्य बनाउने तयारी गरिएको छ ।
काजलले यो महामारीको समयमा पनि आफूहरुले खुशीको पल सुरु गर्न लागेको भन्दै सबै जना यो खबरले खुशी हुने आशा व्यक्त गरेकी छिन् ।
साउथ चलचित्रमा सफल नायिकाको पहिचान बनाएकी काजलले बलिउड चलचित्र ‘सिंघम’मा काम गरेपछि चर्चा पाएकी थिइन् । उनको सुन्दरताको चर्चा पनि खुबै हुने गर्दछ ।
काजलले १६ बर्ष अगाडि चलचित्र करिअर सुरु गरेकी थिइन् । साउथ र बलिउड चलचित्रमा काम गरेर सफलता पाएकी काजलको करिअर बैबाहिक जीवनपछि कसरी अगाडि बढ्छ, यो भने खुलाइएको छैन ।