
बिहेको तयारीमा रहेकी नायिका आँचल शर्माको बिहे मिति तय भएको छ । आउँदो फागुन २९ गते डा. उदिप श्रेष्ठसँग आँचलको बिहे हुने पक्का भएको हो । गत बर्ष देखी प्रेममा रहका आँचल र उदिपको फागुन २९ मा बिहे हुने पारिवारीक सदश्यले बताए । राजधानीको बुढानिलकण्डमा रहेको होटल पार्क भेन्यूमा धुमधामका साथ बिहे हुनेछ ।
फागुन ३० गते डा. उदिपले होटल हायातमा भब्य रिसेप्सनको आयोजना गरेका छन् । उक्त रिसेप्सनमा चलचित्र क्षेत्रका कलाकार हुन्छन् या हुँदैनन् खुलाइएको छैन । ‘नाई नभन्नु ल ४’ बाट चलचित्र क्षेत्रमा प्रवेश गरेकी आँचलले आधा दर्जन चलचित्रमा काम गरिसकेकी छिन् । म्युजिक भिडियो हुँदै ठुलो पर्दामा पुगेकी आँचल शर्मा नेपालकी चर्चित नायिका मध्य एकमा पर्दछिन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
00000
प्रतिक्रिया
तपाईको विचार हामीलाई सुनाउनुहोस्
तपाईको प्रतिक्रिया सार्वजनिक गरिनेछ




