Menu

घमेश दुलालको ‘वनमा खयर’ सार्वजनिक

काठमाडौं – एक दशकअघि लोकदोहोरी क्षेत्रमा एकछत्र राज गर्न सफल गायक घमेश दुलालले नयाँ लोकदोहोरी ‘वनमा खयर’ सार्वजनिक गरेका छन्‌।

​उनलाई गायिका प्रविशा अधिकारीले साथ दिएकी छन्। गीतमा शिव हमालको शब्द रहेको छ। प्रभावन जेले संगीत भरेका छन्‌।​ संगीत संयोजन कमल सौरागले गरेका हुन्।

गीतमा चर्चित कलाकार बुद्धि तामाङ, सत्यकला बम्जन र पुरू सिग्देलको अभिनय रहेको छ। कमल राईद्वारा निर्देशित गीतको दृश्य हरिष मेहेराले खिचेका हुन्।

गायक दुलालका नारायण थानमा गेट, दमौलीमा गेट, घर हाम्रो रामेछाप, आमाको आशीर्वाद, अन्तिम चिट्ठी जस्ता दर्जनौं चर्चित गीतहरू चर्चित छन्‌।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

00000

लेखकको बारेमा

वरिष्ठ समाचार लेखक

0 लेखहरू
1970-01-01 सदस्य भएको
0 कमेन्टहरू
Ad
Ad