यो वेवसाइट अनलाइन पत्र डट कम् को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषा र अँग्रेजी भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।



विश्व चर्चित अर्जेन्टिनी फुटबलर डिएगो म्याराडोनाको मृत्यु भएको छ। ६० वर्षको उमेरमा आज उनको मृत्यु भएको बीबीसीले जनाएको छ।

Advertisement
उनी आपत्कालीन ब्रेनको सर्जरी गरेपछि गत नोभेम्बर ११ तारिखमा मात्रै अस्पतालबाट बाहिरिएका थिए। अस्पतालमा उनको दिमागमा जमेको रगत निकाल्न अप्रेशन गरिएको थियो।
म्याराडोना विश्व फुटबल इतिहासकै महानतम् खेलाडीमध्ये एक हुन्। उनकै प्रेरणमा अर्जेन्टिनाले सन् १९८६ को विश्वकप फुटबल प्रतियोगिताको उपाधि उचालेको थियो।
जादुयी खेल कौशलका धनी डिएगो म्याराडोनाको विश्वभर करोडौं फ्यान रहेका छन्। म्याराडोनाको निधनको खबरले खेल जगत स्तब्ध भएको छ।