Comments Add Comment

प्रधानमन्त्री ओलीले आज संसदमा जवाफ दिने

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले आज संसदमा सम्बोधन गर्नुहुने भएको छ । विहान ११ बजे वस्ने संसद बैठकमा प्रधानमन्त्री ओलीले संवोधन गर्न लाग्नु भएको हो ।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाका अनुसार सांसदहरुले उठाएका बिभिन्न विषयलाई समेटेर प्रधानमन्त्री ओलीले सम्वोधन गर्न लाग्नु भएको हो ।

संसद सचिवालयको आज बुधबारको सम्भावित कार्यसूचीमा प्रधानमन्त्री कार्यालय, राष्ट्रिय योजना आयोग, राष्ट्रपति कार्यालय, उपराष्ट्रपति कार्यालयका बिभिन्न शीर्षकहरुमाथिको छलफलमा उठेका प्रश्नको जवाफ प्रधानमन्त्रीले दिने उल्लेख छ ।

साथै संसदमा विनियोजन विधेयक २०७७ अन्तर्गत विभिन्न मन्त्रालयको विभिन्न शीर्षकहरुमा २६ जना सांसदहरुले राखेको खर्च कटौतीको प्रस्तावसमेत निर्णयार्थ प्रस्तुत गर्ने कार्यसूची पनि छ ।

त्यसपछि विनियोजन विधेयक निर्णयार्थ प्रस्तुत गरी पारित गर्ने सम्भावित कार्यसूचीसमेत छ । प्रतिपक्षी कांग्रेसका सांसद गगन थापाले हिजो संसदमा प्रधानमन्त्रीको जवाफ माग गर्नुभएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर