Onlinepatra.com
Online Patra Media Pvt. Ltd.

शिक्षक संगठनको ५४ औं श्रंखला-संगठन संस्थागत विद्यालय विभागको कार्यक्रम उद्घाटन

Company Register

Advertisement

नेपाल राष्ट्रिय शिक्षक संगठन मकवानपुरले लकडाउनलाइ सदुपयोग गर्दै शुरु गरेको अनलाइन शिक्षक प्रशिक्षणको ५४ औं सत्र तथा संगठन संस्थागत विद्यालय विभागको उद्घाटन आज सम्पन्न भएको छ । नेपाल राष्ट्रिय शिक्षक राष्ट्रिय समिति सचिवालय सदस्य एवम् संस्थागत विद्यालय विभाग प्रमूख कमला थापाको प्रमूख आतिथ्यतामा उद्घाटन कार्यक्रम सम्पन्न भएको हो ।

भेलालाइ संवोधन गर्दै प्रमूख अतिथी थापाले संस्थागत विद्यालयमा कार्यरत तमाम शिक्षकहरुलाइ देशकै पहिलो शिक्षकको पेशागत संस्था नेपाल राष्ट्रिय शिक्षक संगठनमा नलाग्न विभिन्न क्षेत्रबाट दवाव आउने हुनाले त्यसतर्फ ध्यान दिन आग्रह गर्नुभयो । थापाले नीतिगत रुपमा कसैको बुझाइमा समस्या भएमा हामी त्यसलाइ चिर्न तयार छौं भन्दै संगठनको विधानमा प्रष्ट उल्लेख भएको कुरा वाचन गरी सुनाउनुभएको हो । साथै शिक्षकको पेशागत उन्नयनका लागि संगठन संस्थागत विद्यालय विभागले गर्न थालेको ICT तालिम सफलताको कामना समेत गर्नुभएको संगठन जिल्ला प्रचार विभाग प्रमूख सुनिल गौतमले बताउनुभयो ।

संगठन संस्थागत विद्यालय विभाग अध्यक्ष सचिन लामाको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रमलाइ सचिव रामशरण रिजालले सञ्चालन गरेका हुन् । कार्यक्रममा नेपाल राष्ट्रिय शिक्षक संगठन राष्ट्रिय समिति सदस्य पद्मा पौडैल राष्ट्रिय परिषद् सदस्य रमेशप्रसाद लामिछाने, बागमती प्रदेश उपाध्यक्ष सुभद्रा अधिकारी मकवानपुर अध्यक्ष श्रीराम दाहाल, उपाध्यक्ष लक्ष्मी गजुरेल, कोषाध्यक्ष जयप्रसाद पोखरेल, सहसचिव प्रतिमा गौतम, सहकोषाध्यक्ष चन्द्रादेवी लामा बल लगायतको उपस्थिती रहेको थियो ।

आधुनिक राष्ट्रिय मावि हेटौंडाका शिक्षक कृष्णगोपाल श्रेष्ठको सहजीकरणमा भएको कार्यक्रममा नेपाल राष्ट्रिय शिक्षक संगठन रसुवा अध्यक्ष मोचनाथ न्यौपाने, उपाध्यक्ष आङ्ग माँयाँ शेर्पा, मकवानपुर जिल्ला समिति सल्लाहकार लक्ष्मी चौलागाइ, अकुरप्रसाद गौतम पूर्व सचिव केशव प्रसाद सञ्जेल, सचिवालय सदस्य कृष्ण पौडेल सहकारी अध्यक्ष सिताराम दाहाल, जिल्ला प्रचार विभाग प्रमूख सुनिल गौतम, सदस्य सविता लामिछाने, भगवती पुडासैनी, शिब प्रसाद चौलागाइ, चुडा पौडेल हेटौंडा नगर अध्यक्ष मुकुन्द न्यौपाने, शिक्षक महासंघ हेटौंडा नगर अध्यक्ष दिपक अधिकारी, संगठन नगर सचिव गोपिरमण प्याकुरेल, मकवानपुरगढी अध्यक्ष शिब प्रसाद लामिछाने, बकैया पालिका उपाध्यक्ष हरिरहर खनाल, धादिङ सदस्य सरस्वती पाण्डे, मणिराम छतकुली, शिक्षक महासंघ केन्द्रिय प्रतिनिधी बिष्णुमान श्रेष्ठ लगायतकाको उपस्थिती रहेको थियो ।

संगठनको नियमित कार्यक्रम बैशाख ६ गतेदेखि निरन्तर सञ्चालन हुँदै आएकोमा ५५ औं सत्र तथा संगठन संस्थागत विद्यालय विभागको दोस्रो सत्र पनि भोलि बिहान ७ बजे देखि शुरु हुने जिल्ला अध्यक्ष श्रीराम दाहालले बताउनुभयो ।

अनलाइनपत्रको अंग्रेजी, संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
Website Designe 1024×117
Loading...