नेकपा एमालेको बागमती प्रदेश कमिटिले पूर्णता पाएको छ । आइतबार केन्द्रीय कमिटिले सातै प्रदेशको पदाधिकारीलाई पूर्णता दिएको हो । यो पटक मकवानपुरबाट महेशकुमार बर्तौला बागमती प्रदेशको उप–सचिवमा मनोनित भएका छन् । बागमती प्रदेश अध्यक्षमा केशब पाण्डे चयन हुँदा उपाध्यक्षमा रामहरी सुवेदी, सचिवमा विजय सुवेदी, उपससचिवमा रत्न गुरुङ तथा बर्तौला चयन भएका छन् । बर्तौला यस अघि बागमती प्रदेश सदस्य थिए ।