नेकपा (एमाले) ले प्रदेश अधिवेशनसम्मका लागि प्रदेश संगठन कमिटीका पदाधिकारी नियुक्त गरेको छ । एमालेको जारी केन्द्रीय कमिटी बैठकले प्रदेश अध्यक्ष, उपाध्यक्ष, सचिव र दुई उपसचिव पदाधिकारी रहने गरि सबै प्रदेशमा नियुक्त गरेको हो । केन्द्रीय कमिटी बैठकले माघ ८ गते प्रदेश अधिवेशनको मिति तोकिएको थियो । नयाँ पदाधिकारी आएपछि उनीहरु स्थानान्तरण हुनेछ ।

बैठकले ७ भौगोलिक प्रदेश र एक गैरभौगोलिक गरी ८ प्रदेशका लागि पदाधिकारी तोकेको हो । आइतबार बसेको केन्द्रीय कमिटी बैठकमा प्रदेश अध्यक्षहरु प्रस्ताव गरिएको हो । जसअनुसार प्रदेश–१ को अध्यक्षमा तुलसी न्यौपाने, २ को अध्यक्षमा रामअवतार यादव, बागमतीको अध्यक्षमा केशवराज पाण्डे, गण्डकीको नवराज शर्मा, लुम्बिनीको अध्यक्षमा राधाकृष्ण कँडेल, कर्णालीको विनोदकुमार शाह र सुदूरपश्चिम प्रदेश अध्यक्षमा दामोदर भण्डारी प्रस्ताव गरिएको छ । उपत्यका विशेष अध्यक्षमा प्रेम पराजुलीलाई प्रस्ताव गरिएको छ ।

प्रदेश नम्बर १

अध्यक्ष – तुलसी न्यौपाने
उपाध्यक्ष – टिक चेम्जोङ
सचिव – चिन्तन पाठक
सहसचिव – धन तामाङ
सहसचिव – शैलेश लामा

प्रदेश नम्बर २

अध्यक्ष – राम अवतार यादव
उपाध्यक्ष – रेवती पन्त
सचिव – डा= कृष्ण पौडेल
सहसचिव – फर्मुद नदाब
सहसचिव – आरती भण्डारी

बागमती प्रदेश

अध्यक्ष – केशव पाण्डे
उपाध्यक्ष – रामहरी सुवेदी
सविच – विजय सुवेदी
सहसचिव – रत्न गुरुङ
सहसचिव – महेश बर्तौला

गण्डकी

अध्यक्ष – नवराज शर्मा
उपाध्यक्ष – मोहन रेग्मी
सचिव (धनञ्जय दवाडी
सहसचिव – मञ्जु अधिकारी
सहसचिव – रश्मी आचार्य
लुम्बिनी
अध्यक्ष – राधाकृष्ण कँडेल
उपाध्यक्ष – भोजप्रसाद श्रेष्ठ
सचिव – लक्ष्मण आचार्य
सहसचिव – लीला राना
सहसचिव – दुर्गा थारु
कर्णाली
अध्यक्ष–विनोद शाह
उपाध्यक्ष – लालबहादुर महतारा
सचिव – कमल शाही
सहसचिव–रुपा शाही
सहसचिव –टेकराज पछाइ
सुदूरपश्चिम
अध्यक्ष( दामोदर भण्डारी
उपाध्यक्ष – कमल तिमिल्सिना
सचिव – धर्मराज पाठक
सहसचिव(–बलदेव रेग्मी
सहसचिव –भागिरथी विष्ट
उपत्यका विशेष
अध्यक्ष– प्रेमकुमार पराजुली
उपाध्यक्ष – विदुर कार्की
सचिव – समिर नेपाल
सहसचिव– उर्मिला सुनुवार
सहसचिव –चन्द्र रिजाल