Comments Add Comment

मुन्नी र नाजिरको ‘रेल गाडी’ सार्वजनिक (भिडियो)

नेपाल टेलिभिजनबाट प्रशारण हुदैँ आइरहेको कमेडी सिरियल सक्किगोनीकी ‘मुन्नी’ पात्रबाट चर्चित प्रियना आचार्य र लोकप्रिय कलाकार नाजिर हुसेन एक साथ म्युजिक भिडियोमा देखिएका छन्। यी दुईजनाले अभिनय गरेको म्युजिक भिडियो सार्वजनिक भएको छ। ‘रेल गाडी’ बोलको गीत विहीबार मायालु इन्टरटेनमेन्ट युट्युव च्यानलबाट सार्वजनिक गरिएको छ ।

समीर आचार्य र सुरेखा क्षेत्रीको आवाजमा रहेको गीतमा सन्तोष सुनारको शब्द संगीत रहेको छ। ‘सक्किगोनी’का श्रृङ्खला निर्देशक एवम् कलाकार दीपक आचार्य काकु को निर्देशनमा बनेको गीतको भिडियोमा प्रियाना र नाजिरका साथै गायक समिरको पनि अभिनय रहेको छ। सागर मगरको कोरियोग्राफी रहेको गीतमा अर्जुन तिवारी र टिमको सिनेम्याटोग्राफी रहेको छ। गीतको भिडियोलाई चन्दन दत्तको सम्पादन रहेको छ।

भिडियो हेर्नुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर