Onlinepatra.com
Online Patra Media Pvt. Ltd.

अमेरिकामा तहल्का पिट्दै एक नेपाली

Company Register

सबैभन्दा ठूलामध्येको एक गायन रियालिटी अमेरिकन आइडलको १८ औं सिजनमा नेपाली युवा छानिएका छन्। यतिबेला ‘अमेरिकन आइडल’मा छनोट भएका नेपालका २० वर्षिय दिवेस निकै चर्चामा रहेका छन् । हलिउड प्रस्तुतीका लागि छानिएका टप ४० मध्येका एक दिवेश हाल अमेरिकाको क्यान्सस राज्यको विचिटामा बसोबास गर्दै आइरहेका छन्।

उनी ५ वर्षअघि नेपालबाट अमेरिका गएका हुन्। आइतबार अमेरिकी च्यानल एबिसीबाट प्रसारण भएको पहिलो श्रृंखलाबाट उनी छानिएका हुन्। प्रस्तुतीका क्रममा दिवेशले नेपालको सुन्दरताबारे मात्रै चर्चा गरेनन् उनले नेपालीपन पनि प्रस्तुत गरिरहेका थिए। उनले अभिवादन गर्दा पनि नमस्ते गरेका थिए। उनको प्रस्तुतीको जजहरुले पनि निकै प्रशंशा गरेका छन्।

Advertisement

नेपालकै विभिन्न रियालिटी शोहरुमा सहभागिता जनाएर चर्चामा आएका धेरैको नाम सबैलाई थाहा छ । नेपाल भन्दा बहिरा भारतका विभिन्न रियालिटी शोमा पनि नेपालीहरुको सहभागिता रहने गरेको छ । तर सबैभन्दा ठूलामध्येको एक गायन रियालिटी अमेरिकन आइडलमा छनोट हुनु सबै नेपालीको लागि खुसीको खबर समेत हो । आर्थर गनको नामबाट पनि चिनिने उनले बब दिलनको ‘गर्ल फ्रम द नर्थ कन्ट्री’गीत प्रस्तुत गरेका थिए जुन जजहरुले निकै रुचाएका थिए । जजहरुले भनेपछि उनले अर्को गीत ‘सम टोल्ड मि लङ अगो’ पनि सुनाएका थिए ।

भिडियो

https://youtu.be/A73ELaEsQpM
अनलाइनपत्रको अंग्रेजी, संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
Website Designe 1024×117
Loading...