आजको पञ्चाङ्ग

बि.सं. २०७७ वैशाख २९ गते सोमवार ।  इ.सं. 11 May 2020 । शक संवत १९४२ । नेपाल संवत ११४० बछलाथ्वप्रमादीउत्तरायण वसन्त ऋृतु । ज्येष्ठ कृष्णपक्ष । तिथि चतुर्थी , १०:३३ बजे उप्रान्त पञ्चमी । नक्षत्र मूल , ०८:०८ बजे उप्रान्त पूर्वाषाढा । योग सिद्ध , ०८:१६ बजे उप्रान्त साध्य । करण वालव १०:३३ बजेदेखि कौलव , २२:११ बजे उप्रान्त वणिज । चन्द्रराशि धनु । आनन्दादी योग लुम्ब । दिनमान ३३ घडी २९ पला । सूर्योदय ०५: १९ बजे । सूर्यास्त १८: ४३ बजे ।

तपाईको आजको  राशीफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, )

सुनौलो भविष्यको योजना बन्ने योग छ । आफ्नो क्षेत्रमा प्रभूत्व जमाउन सकिनेछ । प्रेमसम्बन्ध र प्रणयप्रसङ्गका लागिपनि श्रेष्ठ समय रहेकोछ ।     

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)

स्वाआज स्थ्यमा समस्या आउनसक्छ । दबाब र तनाव बढेको महसुस हुनेछ, तर प्राविधिक कार्यमा भने सफलता मिल्नेछ ।     

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)

एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ । लगनशीलताले कामहरू अगाडी बढ्नेछन् । साँझपख शुभ समाचार आउन सक्छ ।         

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)

आज विद्या र बुद्धिको विकास हुनेछ । योजना तथा छलफलमा सहभागी भईएला । नयाँ रोजगारको अवसर मिलनेछ ।      

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)

आज परिश्रमद्वारा धनार्जन हुनेछ । ठीक समयमा सही निर्णय लिन सकिनेछ । शेयर बजरको कारोवारबाट सफलता मिल्नेछ ।  

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)

आज कीर्ति वृद्धिका योग देखिन्छन् । धर्म,कर्म तथा समाजसेवामा मन लाग्नेछ । सामाजिक कार्यमा सहभागीपनि भईएला ।             

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)

एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ । लगनशीलताले कामहरू अगाडी बढ्नेछन् । साँझपख शुभ समाचार आउन सक्छ ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)

सांगीतिक क्षेत्रमा रुची बढ्नेछ । वैदेशिक क्षेत्रको काम अघी बढ्नेछ । विपरीत वर्गप्रति आकर्षण बढ्नेछ । बेलुकीपख भने खर्च बढ्न सक्छ ।   

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)

 आज आफ्नो क्षेत्रमा प्रभूत्त्व जमाउन सकिनेछ । बित्तिय संस्थाबाट सहयोग पाईनेछ । धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् ।  

मकर (भो,जा,जि,जु,जे,जो,,खि,खु,खे,खो,गा,गि)

आज यात्रागरेमा मालसामान हराउन सक्छ । चोटपटकको भयछ सचेत रहनुहोला, तर सहकर्मीबाट विशेष सहयोग मिल्नेछ ।           

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)

साथीभाई या नयाँ व्यक्तिसंग भेटघाट रहला । व्यवसायको सन्दर्भमा आदर्श ब्यक्तित्व सँगको सहकार्यले नयाँ अनुभव मिल्नेछ ।

मीन (दि, दु, , , , दे, दो, चा, चि)

महत्त्वपूर्ण कामको योजना / थालनी हुनेछ । मनमा शान्ति र अनुहारमा कान्ति छाउनेछ । शैक्षिक क्षेत्र सुधार उन्मुख हुनेछ । ज्यो.प. नारायणप्रसाद दुलाल