Comments Add Comment

आज मकवानपुरमा ३ लाख मतदाताले मतदान गर्दै

मकवानपुरमा आज दुइ वटा प्रतिनिधी सभा र चार प्रदेशसभा निर्वाचनमा कुल ३ लाख ७ सय ३३ जना मतदाताले मतदान गर्दैछन् । मकवानपुर क्षेत्र नम्बर–१ मा कुल मतदाता १ लाख ५० हजार १ सय ५५ जनाले मतदान गर्दैछन् । जसमा ७४ हजार ९ सय ३० जना पुरुष मतदाता छन् भने ७५ हजार २ सय २१ जना महिला मतदाता रहेका छन् । यस क्षेत्रमा अन्य ४ जना मतदाता रहेका छन् । यस क्षेत्रमा ६२ वटा मतदान स्थलमा १ सय ७२ वटा मतदान केन्द्र रहेका छन् । यस क्षेत्रमा १४ वटा राजनीतिक दलका १४ जना उम्मेदवार र २ जना स्वतन्त्र गरी कुल १६ जना उम्मेदवार रहेका छन् । जसमा १ जना महिला र १५ जना पुरुष उम्मेदवार रहेका छन् ।

त्यस्तै मकवानपुर क्षेत्र नम्बर–२ मा कुल मतदाता १ लाख ५० हजार ५ सय ७८ जना मतदाताले मतदान गर्दैछन् । जस मध्यमा पुरुष ७८ हजार ५ सय ९८ जना रहेका छन् । यस क्षेत्रमा महिला मतदाता ७१ हजार ९ सय ७९ जना रहेका छन् । अन्य १ जना मतदाता छन् । यस क्षेत्रमा १ सय ५ वटा मतदान स्थलमा १ सय ९२ वटा मतदान केन्द्र रहेका छन् । यस क्षेत्रमा ९ वटा राजनीतिक दलका ९ जना उम्मेदवार रहेका छन् भने स्वतन्त्र १ जना गरी कुल १० जना उम्मेदवार बिचमा प्रतिस्पर्धा रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर