Comments Add Comment

सुबिसुको विश्वकप फुटबल अफर


काठमाडौं । इन्टरनेट एवं टेलिभिजन सेवा प्रदायक सुबिसु केबलनेटले ‘फिफा वर्ल्डकप २०२२ युफाेरिया’ अफर ल्याएको छ । यसअन्तर्गत सुबिसका क्लियर टिभी ग्राहकले ५६५ रूपैयाँ तिरेर विश्वकप फुटबलका ६४ ओटै खेल प्रत्यक्ष हेर्न सक्नेछन् ।

कम्पनीले ल्याएको कम्बो डिल योजना अनुसार ग्राहकले एक वर्षका लागि १७ हजार ८८५ रूपैयाँमा २०० एमबीपीएस इन्टरनेट र डीटीआई प्रिमियम प्याकेजसहित फिफा वर्ल्डकप कुपन पाउनेछन् ।

त्यस्तै १२ हजार ९९९ रूपैयाँमा एक वर्षका लागि र सात हजार ९९९ रुपैयाँ ६ महिनाका लागि १०० एमबीपीएसकाे प्याकेज पनि समावेश गरिएकाे छ ।

साथै कम्पनीले २६ हजार ९९९ रूपैयाँमा कोनिकाको ४३ इन्चको एन्ड्रोइड टिभीसमेत उपलब्ध गराउने जानकारी दिएको छ ।

यसबारे थप बुझ्न यहाँ क्लिक गर्नुहाेस् ।

0
Shares

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

test
Advertisment

छुटाउनुभयो कि? सबै