Onlinepatra.com
Online Patra Media Pvt. Ltd.

अनलाईन साहित्यिक प्रशिक्षण समूह हेटौंडाद्वारा बृहत गीत लेखन प्रस्तुती तथा बिमर्श कार्यक्रम सम्पन्न

कार्यक्रममा उत्साहपूर्ण सहभागिता

Company Register
अनलाईन साहित्य कार्यक्रम समारोहको तस्वीर

अनलाईन साहित्यिक प्रशिक्षण समूह हेटौंडाद्वारा बृहत गीत लेखन प्रस्तुती तथा बिमर्श कार्यक्रम बुधबार सम्पन्न गरेको छ । बरिष्ठ कवि तथा गीतकार दिनेश अधिकारीको प्रमूख आतिथ्यतामा सम्पन्न कार्यक्रममा कवि तथा गीतकारहरु तुलाराम थापा, ऋषी केबि, श्रीराम अधिकारी र सुनिल गौतमको विशेष आतिथ्यता रहेको थियो । लकडाउन शुरु भएयता नवसर्जकहरुमा साहित्यका विभिन्न विधामा अन्तर्निहीत प्रतिभा उजागर गर्न अनलाईन साहित्यिक प्रशिक्षण समूह थालनी गरेको यो कार्यक्रम साहित्यका क्षेत्रमा बिल्कुलै नयाँ आयाम र प्रभावकारी रहेको सहभागीहरुले बताएका हुन् ।

Advertisement

कार्यक्रमका अभियन्ता दीपक गौतमले सञ्चालन गर्नुभएको कार्यक्रम, प्रशिक्षण समूहले हालसम्म सञ्चालन गरेका बिभिन्न उपविधाका कार्यक्रमको बारेमा संक्षिप्त जानकारी संगै औपचारिक रुपमा शुरु भएको हो । समूहले देश तथा देशबाहिर रहेका नवसर्जकलाई समेटेर अनलाईन भर्चुअल साहित्यिक प्रशिक्षण दिदै आएको अभियन्ता दीपक गौतमले जानकारी दिएका हुन् । कार्यक्रममा प्रमूख अतिथि दिनेश अधिकारीले गीत लेखनको संक्षिप्त स्वरुप र उठेका जिज्ञासा हरुको जवाफ दिनुभएको थियो । विशेष अतिथी तुलाराम थापाले पनि गीत र संगितका आयाम तथा त्यसका मौलिक पक्षहरुको बारेमा सहभागीहरुबीच जानकारी दिनुभएको हो भने विशेष अतिथी ऋषी केबि,श्रीराम अधिकारी र सुनिल गौतमले गीत लेखनका पक्षहरु तथा कार्यक्रममा प्रस्तुत सहभागीका गीतका बारेमा संक्षिप्त प्रतिक्रया दिनुभएको थियो ।

कार्यक्रममा गजल मञ्च मकवानपुरका अध्यक्ष देवराज तिवारी, साहित्य संगम मकवानपुरका सचिव डिबी बर्तौला, प्रलेस मकवानपुर अध्यक्ष शान्तिप्रय बन्दना, र साहित्यप्रेमी सुदीप गिरी लगायतको आतिथ्यता रहेको थियो ।

कार्यक्रममा सहभागीहरुले अभियन्ता दीपक गौतमको प्रशिक्षण पश्चात आफूले तयार पारेका एक/एकवटा गीतहरु गायन तथा वाचन गरेका थिए । शिक्षक तथा विद्यार्थीहरुसमेत संलग्न प्रशिक्षणमा शिक्षकहरु श्रृजना पुडासैनी, रुविना शर्मा जयन्ती आचार्य, अर्चना दाहाल तथा ओमकुमारी बञ्जारा रानाभाटको प्रशिक्षणमा आ आफ्ना गीत सहित सहभागिता थियो । त्यसैगरी विद्यार्थीहरुमा, कृतिका लौडारी, स्मृति गिरी, यूकिशा अधिकारी, प्रबिना बराल (जापान ), प्रतिक कर्ण, प्रतिक्षा गुरुङ्ग, शाहिल जैसवाल, समर्पण न्यौपाने, श्रृष्टि चौलागाई, बिपिका गौतम, प्रशन्ना चौलागाँई, विहङ्गम् सुवेदी, प्रतिष्ठा कार्की, उषा अधिकारी तथा बिश्वास पुडासैनीले रचना सहित भाग लिएका थिए । कार्यक्रम अझै निरन्तर चलिरहने र नवसर्जकको कृती समेत प्रकाशनको तयारीमा रहेको अभियन्ता दीपक गौतमले कार्यक्रममा जानकारी दिएका हुन् ।

 

अनलाइनपत्रको अंग्रेजी, संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
Website Designe 1024×117
Loading...