Comments Add Comment

नेपाल राष्ट्रिय शिक्षक संगठनको कार्यक्रम ननिदाएका शिक्षकको सातौं श्रृंखला

नेपाल राष्ट्रिय शिक्षक संगठन राष्ट्रिय समितिको परिकल्पना तथा जिल्ला समिति मकवानपुरको संयोजनमा भोली शुक्रबार कार्यक्रम ननिदाएका शिक्षकहरुको सातौं श्रृंखला प्रशारण हुने आयोजकले जनाएको छ । कार्यक्रममा तनहुँ जिल्लाको खैरहनी माविको विषयवस्तु समावेश हुने आयोजक मकवानपुर जिल्ला अध्यक्ष श्रीराम दाहालले बताउनुभएको हो ।

प्रत्येक शुक्रबार बेलुकी आठ बजे फेसबुक पेज ननिदाएका शिक्षकहरु र अनलाईनपत्र यूट्यूब च्यानलबाट एकैसाथ प्रशारण हुने कार्यक्रममा यसपटक तनहुँको खैरहनी माविको विषयवस्तु समेटिने भएको हो । कार्यक्रमको सातौं श्रृंखलामा प्रमूख अतिथिको भूमिकामा नेपाल राष्ट्रिय शिक्षक संगठन राष्ट्रिय समिति पूर्व अध्यक्ष बाबुराम अधिकारी रहनुहुने छ भने समीक्षकका रुपमा वागमती प्रदेश मूख्यमन्त्री कार्यालयका सचिव डा हरिप्रसाद लम्साल रहनुहने जिल्ला प्रचार विभाग प्रमूख सुनिल गौतमले बताउनुभयो । कार्यक्रममा कला साहित्य र संगीतका क्षेत्रमा बिशिष्ठ योगदान पुर्याउने एकजना ब्यक्तित्वलाई विशेष अतिथिका रुपमा निम्त्याईने गरिएको अध्यक्ष दाहालले बताए । यसपटक भने कवि एवम् बरिष्ठ प्रस्तोता डा नवराज लम्साल कार्यक्रमको विशेष अतिथि रहनुहुने अध्यक्ष दाहालले बताउनुभयो ।

कार्यक्रम ननिदाएका शिक्षकहरु, प्रतिकूल परिस्थितिमा पनि अनुकूल कार्य गर्न सक्षम शिक्षकका सकरात्मक अभ्यासलाई उजागर गर्ने कार्य भएकोले देशभर रहेका त्यस्ता सकरात्मक अभ्यासलाई कार्यक्रमको विषयवस्तु बनाईने परिकल्पनाकार एवम् नेपाल राष्ट्रिय शिक्षक संगठन राष्ट्रिय समिति अध्यक्ष लक्ष्मण शर्माले बताउनुभयो । शर्माले देशभर रहेका संगठन जिल्ला कमिटिबाट त्यस्ता कार्यक्रमहरु भिडियोका रुपमा प्राविधिक उपसमितिलाई प्राफत भईरहेको पनि जानकारी दिनुभयो । कार्यक्रम मकवानपुर जिल्ला समितिले प्रत्येक शुक्रबार बेलुकी आठबजे प्रस्तुत गर्ने गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

कोरोना र अनुत्तरित प्रश्नहरु

कोरोनाका कारण २५ शिक्षकको मृत्यू