Onlinepatra.com
Online Patra Media Pvt. Ltd.

आजबाट मकवानपुरका सबै सरकारी कार्यालयहरु खुल्ने

Company Register

मकवानपुरमा आजबाट सबै सरकारी कार्यालयको सेवा प्रवाह नियमित हुने भएको छ । जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र मकवानपुरको निर्णय अनुसार स्वास्थ्य सुरक्षाका मापदण्डको पालना गरेर सेवा नियमित गर्न लागिएको प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेले जानकारी दिए ।

Advertisement

एक हजार बढी सङ्ख्यामा कोभिड–१९ का सक्रिय सङ्क्रमित रहिरहेकाले उच्च सतर्कता अपनाएर सेवा प्रवाह गर्ने गरी कार्यालय खोल्न कार्यालय प्रमुखहरुलाई प्रजिअ पाण्डेले परिपत्र दिइएको हो । जिल्ला प्रशासन कार्यालयले समेत बार अनुसार सेवा प्रवाह गर्न शुरु गरेको सन्दर्भमा सबै कार्यालयलाई सोहीअनुसार सतर्कता अपनाउने गरी कार्ययोजना बनाउन भनिएको उनले बताए ।

अनलाइनपत्रको अंग्रेजी, संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
Website Designe 1024×117
Loading...