तस्विरःप्रकाश घिमिरे

मकवानपुरको थाहानगरपालिका –४ स्थित दामन र सिमभञ्ज्याङ्गमा हिमपात सुरु भएको छ । मकवानपुरको पर्यटकीय क्षेत्र समेत रहेको दामन र सिमभञ्ज्याङ्गमा बुधबार बिहानबाट हिउँ पर्न थालेको दामनबाट प्रकाश घिमिरेले अनलाईनपत्रलाई जानकारी दिए । रातीदेखि नै सिमसिम पानी परिरहेको थियो आज बिहानै पानीसँगै हिउँ पनि परिरहेको उनले बताए । मौसमको अवस्था हेर्दा अझै बाग्लो हिमपात हुने सम्भावना रहेको उनको भनाई छ ।

No description available.
तस्विरःप्रकाश घिमिरे
No description available.
तस्विरःप्रकाश घिमिरे