राक्सिराङमा विद्यालयको नवनिर्मित पक्की भवन र शौचालय हस्तान्तरण

मकवानपुरको राक्सिराङ गाउँपालिका ६ माकलदमारमा रहेको जनसेवा प्राथमिक विद्यालयको नवनिर्मित भवन शनिबार हस्तान्तरण गरिएको छ । २०७२ बैशाख १२ गतेको महाभुकम्पले विद्यालयको भवन भत्काएपछि निर्मित ७ कोठे पक्की भवन र शौचालय शनिबार एक कार्यक्रमका बीच हस्तान्तरण गरिएको हो ।

भवनलाई राक्सिराङ गाउँपालिका ६ का वडा अध्यक्ष सिंगलाल प्रजा र लिसा हिमालयकी अध्यक्ष डानीला म्यारिङले संयुक्त रुपमा उदघाटन गरी हस्तान्तरण गरेका हो । लिसा हिमालय ईभी जर्मनीको एक करोड ४० लाख १६ हजार रुपैंया आर्थिक सहयोग तथा दीगो विकासका लागि एकता नेपालको व्यवस्थापनमा भवन र शौचालय निर्माण गरिएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

00000

लेखकको बारेमा

वरिष्ठ समाचार लेखक

0 लेखहरू
1970-01-01 सदस्य भएको
0 कमेन्टहरू
Ad
Ad