
लामो समय देखी चर्चामा रहेको हेटौँडा उपमहानगरपालिका क्षेत्रमा पुर्व पश्चिम राजमार्ग क्षेत्रमा पर्ने घर टहरा हटाएर राजमार्ग फराकिलो बनाउने अभियानमा रहेको सडक विभागलाई समस्या पर्ने भएको छ । २५ मिटरको सन्दर्भमा हेटौँडाको राप्तिरोडबाट कर्रा खोलासम्म तथा चौकिटोलबाट बुद्धचोक क्षेत्रसम्मका करिब ३ सय भन्दा धेरै घरको सन्दर्भमा सर्वोच्च अदालतले स्टे अर्डर जारी गरेपछि उत्त घर टहराको सन्दर्भमा विभागले कुनैपनि क्रियाकलाप गर्न नपाउने भएको छ ।
पुर्व पश्चिम राजमार्गमा अन्तरगत हेटौँडाको राप्तीखोला देखी कर्राखालोसम्म २५ मिटर बाटो फराकिलो गर्नका लागी असार ७ गते जारी गरेको १५ दिने सूचनाको मिति सकिनै लाग्दा सडक विभागलाई २५ मिटर फराकिलो पार्ने अभियानमा समस्या देखिएको हो ।
डिभिजन सडक कार्यालय हेटौँडाका सूचना अधिकारी जयराम अधिकारीले हालसम्म विभागमा २ सय भन्दा धेरै घरधनीले स्टे अर्डरको बारेमा जानकारी सहितको पत्र दिएको त्यस बाहेकपनि अन्य १ सय भन्दा धेरै स्टे अर्डर आएको आफुहरुले अनुमान गरेको बताए । उनले यो समस्याको वावजुत पनि सडक विस्तार अभियान भने नरोकिने दाबी गरे । ‘हामीले स्टे अर्डर लिएको घरको सन्दर्भमा केहि गर्न नमिलेपनि अन्य क्षेत्रमा रहेको घर टहरालाई हटाउछौँ ’ उनले बताए ।







