यो वेवसाइट अनलाइन पत्र डट कम् को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषा र अँग्रेजी भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।

हेटौंडाका ७४ बर्षीय पुरुषको कोरोना संक्रमणबाट मृत्यु


हेटौंडाका ७४ बर्षीय पुरुषको कोरोना संक्रमणबाट मृत्यु भएको छ । चितवन मेडिकल कलेजमा उपचाररत पुरुषको शनिबार विहान मृत्यु भएको अस्पतालले जनाएको छ । श्वासप्रश्वास तथा निमोनियाको समस्या भई असोज ३ गते चितवन मेडिकल कलेजमा भर्ना भएका थिए । उनमा असोज ९ गते कोरोना संक्रमण पुष्टि भएको अस्पतालले जानकारी दिएको छ । कोरोना पुष्टि भएपछि उनलाई सघन कक्षमा राखेर उपचार भइरहेको थियो ।