| मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) |
|
आज तपाईको यात्रामा मालसामान हराउन सक्छ । गरेका काममा
ढिलासुस्ती हुन सक्छ । आफ्नु अधिकार प्राप्तिका लागि संघर्श गर्नु पर्ला ।
|
|
वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)
|
|
आज सहकर्मीबाट विरोध आउला । लगनशीलताको कमिले गर्दा ठूलो उपलब्धि
हातपार्न नसकिएला, तर लगानी गर्नेहरुकालागि
राम्रै रहनेछ ।
|
|
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)
|
|
आज विभिन्न अवसर जुराउनेछ । कला,साहित्य तथा संगीतमा
रुचि बढ्नेछ । घरमा अतिथीको आगमन हुनेछ । नयाँ ठाउँमा लगानीको अवसर जुट्नेछ ।
|
|
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
|
|
ठीक समयमा सही निर्णय लिन सकिनेछ । राजनैतिक क्षेत्रमा सफलता
मिल्नेछ । व्यापार व्यवसायमा सफलता मिल्नेछ । लाभदायक यात्रा हुनेछ ।
|
|
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
|
|
रोकिएका काम पुनः सुरु हुन सक्छन् । महिला
वा मित्रबाट विशेष सहयोग मिल्नेछ । लाभदायक यात्रा होला । आर्थिक कारोवारमा
सफलता पाइएला ।
|
|
कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)
|
|
यात्रामा मालसामान हराउन सक्छ । सानो तिना समस्यामा अल्झिनुपर्नेछ
। क्रोध,
प्रतिशोध, रिसराग र उत्तेजना माथि नियन्त्रण गर्नु राम्रो हुनेछ ।
|
|
तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)
|
|
नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ । धैर्य एवं लगनशीलताले अवसर
दिलाउनेछ । आर्थिक क्षेत्रमा राम्रो सफलता मिल्नेछ । प्रेम सम्बन्धपनि कसिलो
हुनेछ ।
|
|
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
|
|
आज नयाँ उद्योग वा रचनात्मक काममा जुट्ने समय छ । सांस्कृतिक
क्षेत्रमा रुची बढ्नेछ । शुभारम्भको चर्चा चल्नेछ । आँको काम पुरा हुनेछ ।
|
|
धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)
|
|
आज रोकिएका अधुरा कार्यले पूर्णता पाउनेछ । अरुलाई प्रभावित
पारेर काम बन्नेछ । न्यायिक कार्यमा सफलता मिल्नेछ । व्यापारमा मनग्ये धनलाभ
हुनेछ ।
|
|
मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि)
|
|
शरीरमा स्फूर्ति र उमङ्गको कमी हुनेछ । सामान हराउने वा चोरी
हुने सम्भावना छ । बन्न लागेको काम विग्रिनेछ । साझेदारीको काममा उल्झन आउनेछ ।
|
|
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)
|
|
धर्म,कर्म तथा समाजसेवामा मन
लाग्नेछ । नयाँ काम सुरु गर्ने समय छ । वाक्चतुर्याईँले सङ्कल्प सिद्ध हुनेछ ।
भाग्यले विभिन्न अवसर जुराउनेछ ।
|
|
मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)
|
|
आज महत्त्वपूर्ण कामको थालनी हुनेछ । परिश्रमअनुसार उपलब्धि पनि
राम्रै पाइएला । सामाजिक क्षेत्रमा सफलता मिल्नेछ । लक्ष्मी प्रसन्न हुने योगछ ।
|