मकवानपुरको मकवानपुरगढी गाउँपालिकामा नेकपा एमालेले आज मनोनय दर्ता गर्ने भएको छ । एमाले मकवानपुरगढी गाउँपालिकाको अध्यक्षमा विदुर हुमागाँई र उपाध्यक्षमा सन्त कुमारी थिङलाई उम्मेदवार बनाएका छन् । एमाले मकवानपुरगढीले आठ वटै वडामा आफ्नो उम्मेदवारहरु टुंगो लगाईसकेका छन् ।

आज निर्वाचन अधिकृतको कार्यालयमा पुगेर उम्मेदवारी दर्ता गर्ने एमाले जिल्ला सचिवालय सदस्य एंवम संघीय निर्वाचन क्षेत्र नंम्बर २ का संयोजक मेम्बर लो ले जानकारी दिए । लो का अनुसार एमालेले वडा नंम्बर १ को वडा अध्यक्षमा गोपाल लुङ्वा , वडा नंम्बर २ मा सन्त बहादुर सिंगर , वडा नंम्बर ३ मा भागवत घिमिरेलाई उम्मेदवार बनाएका छन् ।

त्यस्तै वडा नंम्बर ४ मा अर्जुन तिमलसिना , वडा नंम्बर ५ मा जित बहादुर घिमिरे , वडा नंम्बर ६ मा टिका प्रसाद दाहाल , वडा नंम्बर ७ मा एक्का बहादुर गोले र वडा नंम्बर ८ मा विनोद पुडासैनीलाई उम्मेदवारी बनाएको छ ।