2025-12-10 2:46 am

भानु जयन्तीमा पुस्तक परिचर्चा प्रतियोगिता

हेटौंडा- नवोदय साहित्यिक बगैँचा बाल क्लबको आयोजनामा शनिबार हेटौंडामा पुस्तक परिचर्चा प्रतियोगिता भएको छ । २११ औँ भानु जयन्ती विशेष कार्यक्रमको आयोजना गरी पठन संस्कृतिको विकास तथा बोल्ने सिपको विकास गराउने उद्देश्यले पुस्तक परिचर्चा कार्यक्रम आयोजना गरेको नवोदय साहित्यिक बगैचा बाल क्लवकी अध्यक्ष आर्शिया बर्तौलाले बताइन् ।

प्रतियोगितामा हेटौंडा एकेडेमीकी आचल सुवेदी, जीएस निकेतन विद्यालयकी प्रशन्ना धिताल र बालजागृति इङ्लिस सेकेण्डरी विद्यालयका रिदम घिमिरे उत्कृष्ट घोषित भए । प्रतियोगितामा आचलले १७२ अङ्क, प्रशन्नाले १६५ अङ्क र रिदमले १६३ अङ्क प्राप्त गरी प्रतियोगितामा उत्कृष्ट छनौट गरिएको निर्णायक अनिता न्यौपानले जानकारी दिइन् । यसैगरी प्रतियोगितामा नवोदय शिशु सदन अङ्ग्रेजी माध्यमिक विद्यालयकी कृतिका ढुङ्गानाले १३६ अङ्क र आधुनिक राष्ट्रिय माध्यमिक विद्यालयकी उत्कृष्टी सिमखडाले १४८ प्राप्त गर्दै सान्त्वना हुन सफल भए ।

प्रतियोगिताको निर्णायकमा साहित्य संगम मकवानपुरका निर्वतमान अध्यक्ष अनिता न्यौपाने र साहित्यकार यश लामा रहेका थिए । प्रतियोगितामा उत्कृष्ट तथा सान्त्वना भएका विद्यार्थीलाई प्रमाणपत्र तथा पुरस्कार प्रदान गरिएको थियो । नवोदय साहित्यिक बगैचा बाल क्लवकी अध्यक्ष आर्शिया बर्तौलाको अध्यक्षतामा भएको कार्यक्रममा साहित्यकार पुरुषोत्तम आचार्यको प्रमुख आतिथ्यता रहेको थियो ।

कार्यक्रममा प्रमुख अतिथि रहेका आचार्यले भानुभक्त कवित्व भएर आदिकवि बन्न सफल भएको दावी गरे । पछिल्लो समय पुस्तक पठन संस्कृतितर्फ आकर्षित कम हुँदै गइरहेकोमा उनले गुनासो पोखे । कार्यक्रममा नवोदय शिशु सदन विद्यालयका शिक्षक रोशनी चौलागाई, विद्यार्थीहरु रसन्जन पाण्डे, सुजला सापकोटा, सक्रियजंग कार्की, मान्यता घिमिरे, सितिस्मा उप्रेतीलगायतले आदिकवि भानुभक्तलक्षित कविता वाचन गरेका थिए ।

कार्यक्रममा आदिकवि भानुभक्त आचार्यको वृत्तचित पनि प्रस्तुत गरिएको थियो । कार्यक्रममा नवोदय शिशु सदन विद्यालयका प्रिन्सिपल मनोज थिङ, साहित्यकार दिपक गौतम, समालोचक घनश्याम घिमिरेलगायतको आतिथ्यता रहेको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

00000

लेखकको बारेमा

वरिष्ठ समाचार लेखक

0 लेखहरू
1970-01-01 सदस्य भएको
0 कमेन्टहरू
Ad
Ad