काठमाडौं :भदौँ ७ गतेदेखि प्रदर्शनमा आउने ‘नमेटिने घाउ’को ट्रेलर सार्वजनिक भएको छ। आज(बिहीवार) एक कार्यक्रमकाबीच फिल्मको ट्रेलर सार्वजनिक गरिएको हो।

नायक रमित ढुंगानाको निर्माण तथा निर्देशनमा तयार भएको यो फिल्म नेपालभित्र एसिड आक्रमणमा परेका ३३ जना पीडितको वास्तविक घटनामा आधारित छ। दुई मिनेट ३० सेकेण्डको ट्रेलरमा पनि एसिड आक्रमण गरेको दृश्य देखाइएको छ। उक्त एसिड बिक्रीवितरणमा पीडितहरूले  प्रतिबन्ध लगाइदिन माग गरेका छन्।

पीडितहरुको पीडा र संघर्षलाई मर्मस्पर्शी रूपमा देखाइएको छ। यस चलचित्रमा प्रधानमन्त्री केपी शर्मा ओली, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल,सांसदद्वय देवेन्द्र पौडेल, ज्ञानेन्द्र शाही, नेपाल प्रहरीलगायत एसिड आक्रमणमा परेकाहरूको समेत अभिनय छ।

निर्देशक ढुंगानाले चलचित्रमा एसिड आक्रमणमा परेका व्यक्तिहरूको वास्तविक जीवनकथा देखाउन खोजेको भन्दै ७ गते सिनेमा घरमा गएर हेरिदिन पनि आग्रह गरेका छन्।

उनले भने,‘एसिड आक्रमणमा परेका व्यक्तिले समाजमा भोग्नुपरेको दर्दनाक दु:ख, पीडा र अपहेलित हुनु परेको कथाको माध्यमबाट फेरि हाम्रो समाजमा दिदी बहिनी, दाजुभाइमाथि यस्तो घटना नघटोस् र यस्तो अपराध गर्ने अपराधीले कडाभन्दा कडा सजाय पाओस्, बलियो कानुन बनोस् भन्ने नै हो। यो एउटा चलचित्र मात्रै नभएर अभियान पनि हो।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो?

तपाईको प्रतिक्रिया दिनुहोस्

लेखकको बारेमा

लेखक

अनलाइनपत्र संवाददाता

वरिष्ठ समाचार लेखक

​Onlinepatra.com एक नेपाली समाचार पोर्टल हो जसले राष्ट्रिय र अन्तर्राष्ट्रिय समाचार, राजनीति, प्रान्तीय अपडेट, मनोरञ्जन, खेलकुद, र थप विविध सामग्री प्रदान गर्दछ। यो प्लेटफर्म Online Patra Media Pvt. Ltd. द्वारा सञ्चालित छ, जुन हेटौडा, मकवानपुर, नेपालमा आधारित छ।

815 लेखहरू
5 years पहिले सदस्य
0 कमेन्टहरू