
सौगात मल्ल स्टार चलचित्र ‘लप्पन छप्पन २’को टिजर सार्वजनिक भएको छ । मुकुन्द भट्टले निर्देशन गरेको चलचित्रको सार्वजनिक टिजरमा मुख्य अभिनेता सौगात र अर्पणलाई प्राथमिकता दिइएको छ । चलचित्रमा दुबैलाई नकारात्मक भूमिकामा देखिने टिजरले बताउँछ ।
टिजरमा अवैध रूपमा गरिने कारोबार धन्दालाई गर्ने र यसलाई रोक्न गरिएको प्रयास देखाइएको छ । नेपालसहित अस्ट्रेलिया र युरोपमा खिचिएको चलचित्रमा अघिल्लो पार्टमा पनि प्रमुख भूमिकामा रहेका सौगात र अर्पण नेगेटिभ रोलमा छन् । चलचित्रको पहिलो पार्टले उति राम्रो व्यापार गर्न सफल भएको थिएन यद्यपि चलचित्रको सिक्वेलबाट दर्शकको मन जित्ने विश्वास निर्माण पक्षको रहेको छ । चलचित्रमा सौगात, शक्ति र अर्पणसँगै अनुपविक्रम शाही, नम्रता श्रेष्ठ, केरोलिन कोलिन्डा, सुरविना कार्की, सृजना सिना, देव कुमार, शिव श्रेष्ठलगायतका कलाकारहरूको अभिनय रहने छ भने चिजकुमार श्रेष्ठ र प्रजापति सिवाकोटीले निर्माण गरेका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
तपाईको विचार हामीलाई सुनाउनुहोस्




