Onlinepatra.com
Online Patra Media Pvt. Ltd.

‘सम्झना बिर्सना’को पहिलो झलक, प्रदर्शन मिति तय

Company Register

फिल्म ‘सम्झना बिर्सना’को पहिलो झलक सार्वजनिक गर्दै प्रदर्शन मिति तय गरिएको छ । नायक आकाश श्रेष्ठ र नायिका पूजा शर्माको मुख्य भूमिका रहेको सम्झना बिर्सना जेठ २ गते दर्शकमाझ आउने निर्माण टिमले घोषणा गरेको हो ।

Advertisement

निमेष प्रधान निर्देशित फिल्म ‘सम्झना बिर्सना’ लभस्टोरी जनराको हो । फिल्ममा नेपालसँगै दार्जिलिङ र सिक्किमको जीवन र प्रेमलाई महसुश गर्न सकिन्छ । फिल्ममा पूजा र आकाशसँगै सुनिल थापा, शिशिर राणा, छुल्ठिम गुरुङ लगायतका कलाकारहरुको अभिनय छ । फिल्मको कथा र पटकथा निर्देशक प्रधानकै हो ।

आदित्य प्रधान र रेविका प्रधानले निर्माण गरेको फिल्ममा शिव ढकालको छायांकन, तारा थापा ‘किम्भे’को सम्पादन, शिशिर राणाको संवाद र कमल राईको कोरियोग्राफी छ ।

अनलाइनपत्रको अंग्रेजी, संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
Website Designe 1024×117
Loading...